गैँडाकोट । कोटेश्वर मन्दिर शिवालय सेवा समितिका अध्यक्ष गैँडाकोट नगरपालिका वडा नं. ४ का धार्मिक तथा सामाजिक व्यक्तित्व हरिकृष्ण रिमालको निधन भएको छ । ७१ वर्षीय रिमालको आज विहान २ वजे गैँडाकोट ४ स्थित आफ्नै निवासमा निधन भएको हो ।
नेपाली काँग्रेसको क्षेत्रीय सदस्य समेत रहनुभएका रिमाल काँग्रेस गैँडाकोट ४ को पूर्व सभापति समेत हुनुहुन्थ्यो । रिमालका श्रीमती २ छोरा र २ छोरीहरु हुनुहुन्छ । रिमालको निधनले एक कर्मठ राजनैतिक, धार्मिक तथा सामाजिक व्यक्तित्व गुमाएको छ ।



उज्यालो खबर




