×

गैँडाकोट । गैडाकोट इङ्लिस स्कुलमा हरेक वर्ष आयोजना हुँदै आएको नमुना संयुक्त रास्ट्रसंघको पाचौ संस्करण यहि माघ १२ र १३ गते हुने भएको छ ।

युथ थिन्कर्स सोसाइटी चितवन शाखाले बिगत पाच बर्षदेखि गर्दै आएको सो कार्यक्रममा कक्षा सात देखि नौसम्मका जम्मा ८१ जना विद्यार्थीहरु सहभागी हुनेछन । विद्यार्थीहरुलाइ बिश्व स्वास्थ संगठन, संयुक्त रास्ट्रसंघिय बाताबरण कार्यक्रम तथा संयुक्त रास्ट्रसंघिय शैक्षिक, बैज्ञानिक तथा सास्कृतिक संगठन गरि तीन फरक कमिटीमा समाबेश गरिएको छ ।

विद्यार्थीहरु विभिन्न देशका प्रतिनिधिका रुपमा सरिक भइ विभिन्न एजेन्डा माथि छलफल गराइ समाधान खोज्न लगाइने आयोजक सस्था युथ थिन्कर्स सोसाइटी चितवन शाखाकी कोषाध्यक्ष प्रकृति भट्टराईले बताउनुभयो । संयुक्त रास्ट्रसंघको नक्कल भएकाले यस कार्यक्रमबाट विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान समेत हासिल गर्नेछन ।

प्रयोगात्मक सिकाइलाइ प्राथमिकतामा राख्दै आएको गैंडाकोट इङ्लिस स्कुलले यस कार्यक्रमबाट सानै उमेरबाट विद्यार्थीहरुले आफू ओरिपरी भएका समस्या पहिचान गरि समाधान खोज्ने, नेतृत्व कला, वाककला, सिर्जनात्मक क्षमता, बादबिबाद तथा समुहकार्यको राम्रो अभ्यास हुने विद्यालयका प्राचार्य हिरालाल अर्यालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया