गैँडाकोट । नवलपुरको बुलिङटारमा ट्याक्टरले च्यापेर एकजनाको मृत्यु भएको छ । रड बोकेर बुलिङटार तर्फ जादै गरेको लु ४ त २३१३ नं.को ट्याक्टर पालिकाको मोजडाँडा नजिकै अनियन्त्रीत भई पल्टदा सोहि ट्याक्टरमा सवार बुलिङटार बस्ने बर्ष–३५ बर्षका चन्द्र बहादुर दर्लामीको घटनास्थलमै मृत्यु भएको हो ।
अपरान्ह साढे ४ वजे भएको दुर्घटनामा परि ट्याक्टर चालक बुलिङटार गाउँपालिका वडा नं. ३ का २१ बर्षका धन बहादुर थापा र सोहि ट्याक्टरमा सवार धन बहादुर नेपाली र मिन बहादु सार्की घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।



उज्यालो खबर




