×

गैँडाकोट । नवलपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बौदीकाली गाउपालिका वडा नं. २ खहरे घर भएकी ५८ वर्षीया निर्मला श्रेष्ठको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार विहान ९ वजे घर नजिकैको मिथुकरम सामुदायिक वनमा घाँस काट्न गएकी श्रेष्ठ अवेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान भिरबाट लडेर चोटपटक लागेको अवस्थामा मृत फेला परेकी हुन् ।

तपाईको प्रतिक्रिया