×

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख (प्रहरी निरिक्षक) रिता पौडेलको सरुवा भएको छ । विगत ८ महिनादेखि इलाका प्रहरी कार्यालय गैँडाकोटमा कार्यरत पौडेलको सरुवा भएको हो
। उज्यालोसँग कुरागर्दै पौडेलले सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागमा सरुवा भएको जानकारी दिनुभयो । गैँडाकोट बसाइका क्रममा सबैको सहयोग प्राप्त भएको भन्दै पौडेलले आभार ब्यक्त गर्नुभयो ।
प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय गैँडाकोटमा प्रहरी निरिक्षक हस्तबहादुर सुनारलाई पठाउने भएको छ । सुनार हाल कर्णाली प्रदेश प्रहरी तालिमकेन्द्रबाट गैँडाकोट आउन लागेका हुन् ।

तपाईको प्रतिक्रिया