गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटबाट एक पुरुष बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० संगमचोक घर भएका ३७ वर्षका इश्वरप्रसाद सापकोटा शनिवार विहानदेखि परिवारको सम्पर्कमा छैनन् ।
शनिबार विहान ४ वजे घरबाट हिडेका सापकोटाको पछिल्लो अवस्थाबारे परिवारले कुनै सूचना प्राप्त गर्न सकेको छैन । केहिवर्ष अघि सडक दुर्घटनामा परि घाइते भएका इश्वर मानसिक विरामी समेत हुन् ।
इश्वरकी श्रीमती लक्ष्मी सापकोटाले आफ्ना श्रीमान २४ घण्टाभन्दा बढि समयदेखि हराएको भन्दै खोजि गरेर सहयोग गरिदिन आग्रह गरेकि छिन् । उज्यालोसँग टेलिफोनमा कुरा गर्दै उनले श्रीमान हराएसँगै परिवारमा नैराश्यता छाएको बताइन् ।
इश्वरका श्रीमती, एकछोरा र एक छोरी छन् ।हराएका इश्वर सापकोटालाइ कतैदेख्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।



उज्यालो खबर




