×

नवलपुर । नवलपुरको कावासोतीमा कावासोती नगरपालिका तेक्वान्दो विकास समिति गठन गरिएको छ । तेक्वान्दो खेलप्रति सर्वसाधरणको रुची बढाउने तथा स्थानीय तहमा खेलको माध्यमबाट अनुशासीत र स्वच्छ जनशक्ति निर्माण गर्ने उदेश्यले समिति गठन गरिएको हो ।

नेपाल तेक्वान्दोसंघ नवलपुरका अध्यक्ष भूमिश्वर भूसाल (राजु)को अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको भेलाले गुन बहादुर थारुको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा अर्जुन न्यौपाने, सचिवमा सन्दीप महतो, कोषाध्यक्षमा सुनिल महतो र सदस्यहरुमा महिमा महतो, राजेश महतो, अभिषेक महतो, राजिव महतो र शरण थापा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया