नवलपुर । निजी तथा आवासीय विद्यालय अर्जनाइजेशन नेपाल (प्याब्सन) गैँडाकोट नगर समितिको आयोजनामा भएको अन्तर आधारभूततह स्तरीय हाजिरजवाफ प्रतियोगितामा अक्सफोर्ड सेकेन्डरी स्कूल प्रथम भएको छ ।
प्रतियोगितामा अमर इङ्गलिस बोर्डिङ स्कुल द्धितिय र सरस्वती निकेतनले तृतीय स्थान हाँसिल गरेका छन् । सो अवसरमा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने विद्यालयलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ ।
हाजिरजवाफमा अक्सफोर्ड सेकेन्डरी स्कूलका तर्फबाट विद्यार्थीहरु राघव वाग्ले, लव्ली चौधरी र विमर्श पौडेलले सहभागिता जनाएका थिए भने अमर इङ्गलिस बोर्डिङ स्कुल र सरस्वती निकेतनका तर्फबाट क्रमश विद्यार्थीहरु कुशल अधिकारी, उज्वल सापकोटा, प्रतिक्षा पौडेल, केशव आचार्य, अंकिता वाग्ले र जेनिशा पौडेलले प्रतिनिधित्व गरेका थिए ।
गैँडाकोट नगर प्याब्सनका उपाध्यक्ष विनोद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका जिल्ला अध्यक्ष दीपक रावत, अक्सफोर्ड कलेज एण्ड म्यानेजमेन्ट एण्ड ईन्जिनियरिङ्गका प्राचार्य प्रोफेसर ई. हरि भण्डारी, अक्सफोर्ड सेकेन्डरी स्कूलका सहप्रचार्य चिरञ्जीवी पोखरेल लगायतले बोल्नुभएको भएको छ ।गैँडाकोटका ११ विद्यालय सहभागी रहेको प्रतियोगिताको सहजीकरण अक्सफोर्ड सेकेन्डरी स्कुलका लेखा प्रमुख नारायण सिग्देलले गर्नुभएको थियो ।




उज्यालो खबर




