×

कावासोती । भारतबाट भन्सार छलेर ल्याएका अवैध मालसामान जिल्ला प्रहरी कार्यालय नवलपुरले बरामद गरेको छ । सडक किनारमा बेवारिसे अवस्थामा बिना बिल कागजातको भन्सार चोरी पैठारी गरी ल्याएको तीन लाखभन्दा बढीको मालसामान बरामद गरेको हो ।

बरामद भएको सामानमा सुर्ती २१ किलो, रुद्राक्ष १०० किलो, लेडिज टप्स ३१० पिस, ल्यापटपमा लाग्ने व्याट्री ७६ पिस, फलामको प्वाल भएको पाईप २५ किलो, वाईन कप ५० किलो,भाईजर १४ पिस, पान मसला १०८ प्याकेट, कुइक ३४ प्याकेट, कफी २१३ प्याकेट र नरिवल १० बोरा २३६ किलो गरि रहेको प्रहरी नायव उपरिक्षक बेलबहादुर पौडेलले जानकारी दिनुभयो ।

प्रहरीले भन्सार छली पैठारी गरी ल्याएका विभिन्न किसिमका सामग्रीबाट तीनलाख चालिसहजार ३०० बरावरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुर जनाएको छ । भन्सार छलिका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय त्रिवेणी पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया