×

हेटौंडा । पूर्व पस्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ ज्यामिरेमा भएको सवारी दुर्घटनामा दुइ जना युवकको गएराती उपचारका क्रममा मृत्यु भएको छ । ज्यामिरेमा सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका–९ बस्ने २२ बर्षीय शम्भु गिरि र मोटरसाइकलमै पछाडि सवार सोही स्थान बस्ने २१ बर्षीय सुशिल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताउनुभयो ।

गएराति सडक छेउमा बिग्रिएर रोकि राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकको पछाडि भागमा चितवन तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जना घाइते गम्भीर घाइते भएका थिए ।

उनीहरु दुबैको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनुभयो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनापछी स्थानीय वासिन्दाहरुले गरेको राजमार्ग बन्द प्रहरीले खुलाएको छ ।

तपाईको प्रतिक्रिया