×

कावासोती । कावासोती नगरपालिकाले पहिलो पटक अनलाइनबाट कर तिर्न सकिने सेवा सुरु गरेको छ ।मेयर विष्णु भुसालले आफ्नो सम्पत्ति कर अनलाइनमार्फत भुक्तानी गरेर बिहीबार उक्त सेवा शुभारम्भ गरेका छन् ।घरजग्गा कर, सम्पत्ति कर, भूमि कर, लगायतका विभिन्न सिफारिस बापतको सरकारी राजस्व अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

कर तिर्न घन्टौं लाइन बस्नपर्ने अवस्थाको अन्त्य भएको मेयर भुसालले बताए । घरमै बसेर पनि नगरपालिकामा कर बुझाउन सकिने व्यवस्थाले राजस्व चुहावट हुने अवस्थाको पनि अन्त्य गरेको नगरपालिकाको भनाइ छ ।यहाँका ८ वटा पालिकामध्ये अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने व्यवस्था मिलाउने कावासोती पहिलो नगरपालिका हो । अनलाइन सेवा चाँडै सबै वडामा विस्तार गर्ने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया