×

गैँडाकोट । मौलाकाली केबलकारको  इभिनिङ अफर आजदेखि सुरु भएको छ  । हरेक बुधवबार दिउसो २ बजेपछि केवलकारको टिकट काट्दा लागुहुने ५० प्रतिशत छुटको अफर आजदेखि सुरु भएको हो । अफर अन्तर्गत अब यात्रुहरूले रु २७५ मै दुई तर्फी यात्रा गर्न पाउनेछन् । त्यस्तै पहिले केबलकारको दुई तर्फी साधारण टिकट मूल्य रु. ५५० कायम गरिएको थियो ।

इभिनिङ अफर ल्याएसँगै मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा छ ।

साउनदेखि लागू हुने गरी ल्याइएको यो अफर अन्तर्गत प्रत्येक बुधवार दिउँसो २ बजेपछि केबलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केबलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए । ‘दिउसो गर्मीको समयमा दर्शनार्थीहरु मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने हामीले विश्वास लिएका छौँ’, केबलकारका स्टेशन मेनेजर पौडेलले भने ।

तपाईको प्रतिक्रिया