गैँडाकोट । नवलपुरमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नं. ७ बस्ने चेतनारायण अधिकारीको छोरा १० वर्षका अप्सन अधिकारीको छुसाडी खोलामा डुबेर मृत्युु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको शव आज मध्यान्न १२ वजे फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)का सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा उनको शव घटनास्थलदेखि १५सय मिटर दक्षिण तर्फ भेटिएको हो । अधिकारीको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।



उज्यालो खबर




