गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं ३ केलादी स्थित कालीगण्डकी नदीमा डुवेर २ जनामध्ये एकजनाको शव फेला परेको छ । नदीमा डुबेर बेपत्ता भएका चितवन रत्ननगर नगरपालिका वडा नं. १० जनजागृतिटोलका सुरज सुवेदी (शर्मा)को शव फेला परेको नवलपुर प्रहरीले जनाएको छ ।
श्री नं.२ विपद व्यवस्थापन गण आँपटारीबाट मेजर विमला पन्त लामाको कमाण्डमा खटिएको ११ जनाको गोताखोर टोलीले आज विहान साढे ११ वजे घटनास्थलबाट १० मिटरको दुरीमा शर्माको शव फेला पारेको हो ।
नदीमा डुवेर बेपत्ता भएका गैँडाकोट नगरपालिका वडा नं. २ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसेको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रीय घटनाहरु बढ्न थालेका छन् ।



उज्यालो खबर




