×

नवलपुर । नेपाल पत्रकार महासंघले आह्वान गरेको नयाँ सदस्यताका लागि नवलपुरमा ७९ जनाको नयाँ आवेदन दिएका छन् ।  जिल्लामा सञ्चालित अनलाइन,टेलिभिजन, रेडियो, पत्रपत्रिका तथा जिल्ला बाहिर रहेका सञ्चारगृहमा समेत पत्रकारितामा आवद्ध रहेका  ७९ जनाले आवेदन दिएको नेपाल पत्रकार महासंघ नवलपुरका सचिव विष्णु गौडेलले जानकारी दिए ।

केहिदिनमा बस्ने महासंघको बैठकले नयाँ आवेदन र शुद्धीकरणका विषयमा ठोस निर्णय जिल्ला अध्यक्ष बिरेन्द्र पराजुलीले बताए ।शुद्धीकरणलाई प्राथमिकतामा राखेर निर्णय हुने उनको भनाइ छ । नवलपुरमा अहिलेसम्म  २ जनाले सदस्यता नविकरण नगर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया