×

गैँडाकोट । मौलाकालिका समाजकेन्द्र नेपाल गैँडाकोटको आयोजनामा गैँडाकोट शान्ति वनबाटिका परिसरमा आज विहान सरसफाइ गरिएको छ । विश्व वातावरण दिवश २०८० को अवसरमा आज विहान बनवाटिका परिसरमा सरसफाइ गरिएको गैँडाकोट शान्ति बनबाटिकाका संयोजक नरेश आचार्यले जानकारी दिनुभयो ।

वनबाटिकाको सीढीमार्ग र बनभोज स्थल क्षेत्रमा रहेका कुहिने र नकुहिने फोहोरजन्य बस्तुहरुको पहिचान गरि सरसफाई गरिएको उहाँले बताउनुभयो । विहान साढे ७ वजेदेखि ८ :३० वजेसम्म मौलाकालिका समाजकेन्द्र नेपालका प्रतिनिधि तथा स्थानीय युवाहरु सरसफाइमा जुटेका थिए ।

सरसफाइ कार्यक्रममा मौलाकालिका समाजकेन्द्र नेपालका अध्यक्ष गोविन्द रेग्मी, पूर्वअध्यक्ष प्रेमप्रसाद सापकोटा, सल्लाहकार सदस्य हरिप्रसाद सापकोटा, काशिनाथ कंडेल लगायतको सहभागिता रहेको थियो ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया