गैँडाकोट । नेकपा एमाले नवलपुरका जिल्ला सदस्य गिरिराज उपाध्यायले पार्टीलाई बुझाएको राजिनामा अस्वीकृत भएको छ । नेकपा एमाले नवलपुरको पदाधिकारी बैठकले उपाध्यायले दिएको राजिनामालाई अस्वीकृत गरेको हो ।
जेष्ठ ११ गते जिल्ला कमिटि सदस्य गिरिराज उपाध्यायले बुझाएको राजिनामा अस्वीकृत भएको छ, एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले भने – “अव उहाँ पुरानै जिम्मेबारीमा फर्कनु भएको छ” ।
नेता उपाध्यायले पार्टीका नेताहरुसँको छलफल र अनुरोधलाई स्वीकार गर्दै पुन : पार्टीलाई बलियो बनाउन लाग्ने बताए ।



उज्यालो खबर

