कावासोती । मध्यविन्द नगरपालिकाको गाडीको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।
आईतबार मध्यविन्दु १५ वडा कार्यालय नजिकै मध्यविन्दु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढने बा २ झ २३१२ नं को गाडीको ठक्करबाट सोही वडाका ४ वर्षीय बालक आदित्य माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गाडी चालक कृष्णप्रसाद भण्डारी र गाडी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
नगरपालिका र प्रदेश सरकारको साझेदारी कार्यक्रम नवप्रवर्दन कार्यक्रम तथा नगरपालिकाको अन्य योजना तथा कार्यक्रमको अनुगमन गर्न मध्यविन्दु १५ का वडा अध्यक्ष यम बहादुर केसि सहितका कर्मचारीहरु जादै गर्दा दुर्घटना भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानप्रसाद पनेरुले बताए ।



उज्यालो खबर




