×

नवलपुर । साढे ३ दशकदेखि नेपाली काँग्रेसमा सकृय गैँडाकोटका काँग्रेस नेता करुणसागर सुवेदीले काँग्रेस परित्यागको घोषणा गरेका छन् । नेपाली काँग्रेसको १२ औँ महाधिवेशनका निर्वाचित जिल्ला सदस्य तथा तेह्रौ र चौधौ महाधिवेशनमा क्रमश क्षेत्रीय सभापति र जिल्ला सचिवका प्रत्यासी रहेका सुवेदीले एकाएक काँग्रेस त्याग्ने निर्णय लिएका हुन् ।

गैँडाकोट स्थित नेपाली काँग्रेसको पार्टि कार्यालयमा नगरसभापति बद्रि सापकोटासमक्ष राजिनामा पत्र बुझाउदै सुवेदीले आजैका दिनदेखि काँग्रेससँगको यात्रामा पूर्णविराम लागेको बताए । सभापति समक्ष बुझाएको राजिनामा पत्रलाई उनले राजनैतिक छोडपत्र भनेका छन् ।
देशमा ठुला ठुला परिवर्तनहरु भएपनि आम जनताको जिवनस्तरमा कुनै परिवर्तन नभएको, काँग्रेसका नेताहरु शक्ता, शक्ति र सम्पत्तीमात्रै पछाडि लागेको तथा लोकतन्त्रलाई कमाई खाने भाडोका रुपमा प्रयोग गरेको भन्दै नेता सुवेदीले पार्टिबाट अलग हुने निर्णय लिएका हुन् ।

निष्ठाको राजनैतिक गर्नेहरु पार्टिभित्र बसेर त्यहि फोहोरमा मुछिनुभन्दा अलग भएर बस्नु उपयुुक्त ठाने सुवेदीले पत्रकारसँग भने । नयाँवर्षदेखि नयाँ सोच र उमगंका साथ अगाडि बढ्ने समेत उनको तयारी छ । काँग्रेस छाडेर तपाई कुन पार्टिमा प्रवेश गर्न लाग्नुभएको भन्ने प्रश्नमा सुवेदीले तत्कालका लागि कुनै सोच नबनाएको समेत बताए ।

सामाजिक र राजनैतिक प्राणी भएकोले कहि न कतै त सेवा गर्नुपर्ने नै होला उनले भने : तर तत्काल केहि सोँच बनाइसकेको छैन । करुणासागरले एकाएक पार्टि परित्याग जस्तो गम्भिर निर्णय किन लिए भनेर काँग्रेस गैँडाकोभित्र हलचल तथा बहस सुरु भएको छ ।

 

तपाईको प्रतिक्रिया