नवलपुर । रमिता सारू मगर स्मृति प्रतिष्ठान नेपालले जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद रकम सहयोग हस्तान्तरण गरेको छ ।
संस्थाका प्रधान संरक्षक श्री चीनबहादुर सारू मगरको अध्यक्षतामा भएको कार्यक्रममा बौदीकाली गाऊँपालिका स्थित श्री बेल भाञ्ज्याङ्ग मा।वि।मा अध्ययनरत जेहेन्दार ५ जना विद्यार्थीहरु क्रमशः अंकित ठाडा मगर, अनुज सिंजाली मगर, हेमकुमारी थापा, गृष्मा तामाङ् र चुनीमाया खड्कालाई प्रंशसा–पत्र सहित प्रोत्साहन स्वरुप नगद रु. १५,००० आर्थिक सहयोग गरेको छ ।
शैक्षिक–सत्र २०७८ को वार्षिक परीक्षाफलको आधारमा जनही रु.३,००० को दरले नगद प्रदान गरेको हो ।उक्त कार्यक्रममा नवलपुर युके समाजका संस्थापक अध्यक्ष तथा यस संस्थाका संरक्षक ईन्द्रजीत सारु मगर, संस्थाका अन्य संरक्षकहरु क्रमशः नरीमाया सारु मगर, कितावी सारू मगर, दीया सारु मगर, इकिसा सारु मगर र एनिका सारु मगर साथै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर ठाडा मगर, प्रधानाध्यापक शिवबहादुर खड्र्का, शिक्षिका नेमा फाल मगर लगायतका अभिभावक एवम् महानुभावज्यूहरूको उपस्थिति रहेको थियो ।
२०७२ सालमा स्थापना भएको सो प्रतिष्ठानले नवलपुरकाे बौदीकाली गाऊँपालिका स्थित विभिन्न विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूको सहयोगार्थ अक्षयकोष स्थापना गरी हरेक वर्ष विद्यार्थी प्रोत्साहन सहयोग कार्यक्रम एवम् अन्य सामाजिक कार्यहरू गर्दे आइरेको छ ।



उज्यालो खबर




