गैँडाकोट । प्रगतीटोल महिला समूह गैँडाकोट एकको अध्यक्षमा सरिता हुमाँगाई सर्वसम्मत चयन हुनुुभएको छ । महिला समूहको आज सम्पन्न दोस्रो अधिवेशनले हुमाँगाईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समूहको उपाध्यक्षमा मिना केसी, सचिवमा आरती आर्याल (कंडेल), कोषाध्यक्षमा विनिता रेग्मी (उपाध्याय) र सहसचिवमा निर्मला उपाध्याय ढकाल रहनुभएको छ । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा कमला पौडेल, कल्पना पौडेल, लक्ष्मी सापकोटा, लक्ष्मी पौडेल, बसन्ती काफ्ले, देवीकला सापकोटा, आरती गुरुङ र नन्दकली विक रहनुभएको छ ।



उज्यालो खबर




