चितवन ।नेकपा एमाले का पोलिट्व्युरो सदस्य गोकुल बास्कोटाले रवि लामिछानेका कारण चितवनका जनताले दुखस् पाएको बताउनुभएको छ ।एमाले जिल्ला कमिटीको बैठकलाई मंगलबार भरतपुरमा संवोधन गर्दै नेता बास्कोटाले यहाँ यसअघि निर्वाचित लामिछानेले कानुन तोडेकाले चितवनका जनताले अहिले दुख: पाएको उल्लेख गर्नुभयो ।
मेरा कारण कस्लाई दुखस् भएको छ र भन्दै गोहिको आँसु झार्दै हिडेको सुनेको छु । उनले (रवि) कानुन तोडे चितवनका जनताले उपचुनावमा जानुपर्ने दुख: पाए।- बास्कोटाले भन्नुभयो ।गत निर्वाचनमा आम जनतामा परेको भ्रम अब हटेकाले एमाले उमेदवार रामप्रसाद न्यौपानेको जित सुनिश्चित रहेको बास्कोटाको दावी छ ।यो देशको समृद्धि, जनताको खुसी र समाजवाद निर्माणको अभियान पूरा गर्न नेकपा एमाले पार्टी बाहेक अरुबाट संभव नरहेको उहाँले बताउनुभयो ।
एमालेले बिगतमा सामाजिक , राजनीतिक र आर्थिक सुधारकालागि गरेको कार्यक्रम र भावि योजना जनतामा सुस्पष्ट ढंगले जनतामाझ लैजान नेता बास्कोटाले जिल्लाका अगुवा कार्यकर्ताहरुलाई निर्देशन पनि दिनुभयो ।बैठकमा चितवन क्षेत्र नम्बर २ का उमेदवार एवम् जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले आफुहरु उच्च मनोवलका साथ चुनावी मैदानमा होमिएको बताउनुभयो ।
बैठकमा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी ,पोलिट्व्युरो सदस्य देवी ज्ञवाली , नेताहरु बिजय सुवेदी , कृष्णभक्त पोखरेल, डा।तिलचन्द्र भट्टराई, पुरुषोत्तम न्यौपाने, जानुका शिंखडा, शिवकुमारी गोतामे लगायत सहभागी हुनुहुन्थ्यो ।बैठकले पोलिट्व्युरो सदस्य देवी ज्ञवालीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।



उज्यालो खबर




