गैँडाकोट । नवलपुरको गैँडाकोटमा अवस्थित गैंडाकोट इङ्गलिस स्कुलले चैत्र २० गतेदेखि बैशाख ७ गतेसम्मका शैक्षिक कार्यक्रमहरु सार्वजनिक गरेको छ ।बार्षिक परिक्षाफल प्रकाशनदेखि नयाँ शैक्षिकसत्रको कक्षा सञ्चालन सहितको शैक्षिक कार्यक्रमहरु स्कुलले सार्वजिनक गरेको हो । चैत्र २० गते नयाँ विद्यार्थी भर्नाका लागि फारम वितरण प्रकृया सुरु गर्ने स्कूलले जनाएको छ । विद्यालयको (नयाँ र पूरानो) दुवै भवनको लेखा शाखा मार्फत भर्नाको लागि फारम वितरण गरिने छ ।
स्कुलका प्रचार्य हिरालाल अर्यालका अनुसार विगतका बर्षहरुमा भन्दा यसवर्ष निकै थोरै संख्यामा मात्रै विद्यार्थीहरुको भर्ना लिनेछ । स्कुलमा विद्यार्थीहरुको चाप बढेपनि हामिले गुणस्तरलाई ख्याल राख्दै अधिक विद्यार्थीहरु लिन सक्ने अवस्था छैन, उहाँले भन्नुभयो- “नर्सरी देखि कक्षा ९ सम्म १४० जना विद्यार्थीहरु मात्रै सिटक्षमता हामिसँग छ।” अर्यालका अनुसार शैक्षिक कार्यक्रम अन्तर्गत चैत्र २५ गते नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुको परिक्षाफल प्रकाशन गरिनेछ भने बैशाख ३ गतेदेखि ६गतेसम्म स्कुलमै रहेका पूराना विद्यार्थीहरुको अभिलेखिकरण गरिनेछ ।

बैशाख ३ गते विहान ७ः३० वजे नयाँ विद्यार्थीहरुको प्रवेश परिक्षा लिने स्कुलले जनाएको छ । कक्षा एकदेखि ३ सम्मका विद्यार्थीहरुलाई स्कुलको पूरानो भवन र ४ देखि ९ सम्मका विद्यार्थीहरुको प्रवेश परिक्षा स्कुलको नयाँ भवनमा सञ्चालन हुनेछ । बैशाख ४ र ५ गते नयाँ विद्यार्थीहरुको भर्ना प्रकृया सकेर बैशाख ७ गतेदेखि नयाँ शैक्षिकसत्रको कक्षा आरम्भ गरिने विद्यालयको सूचनामा उल्लेख छ ।
तालिमप्राप्त शिक्षकहरु तयारी अवस्थामा
गैँडाकोट इङ्गलिस स्कुलले नयाँ शैक्षिकसत्र २०८० देखि आफ्नो शैक्षिक यात्रालाई नयाँ ढंगले अगाडि बढाउने योजना ल्याएको छ । पूरानोशैलिबाट शिक्षण सिकाईहुँदा अहिलेको बजारले मागेको जनशक्ति उत्पादन गर्न नसकिने भन्दै स्कुलले फरक धारबाट पठनपाठन गराउने भएको छ ।
स्कुलका प्राचार्य अर्यालले नयाँ शैक्षिकसत्रको लागि सबै शिक्षकहरुलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको बताउनुभयो । सबै शिक्षकसाथीहरु उत्साहका साथ तालिम र अनुभव लिएर बस्नुभएको छ, अर्यालले भन्नुभयो- “गुणस्तरलाई थप माथी उकास्न स्कुल प्रतिवद्ध छ।” करिव १२०० विद्यार्थीहरु रहेको गैँडाकोट इङ्गलिस स्कूलमा १०५ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् ।
अतिरिक्त कृयाकलापमा अब्बल
विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि गैँडाकोट स्कुलले अतिरिक्त कृयाकलापमा बढी जोड दिने गरेको छ । विद्यालयले बेलाबेलामा अन्तरविद्यालय जिल्लास्तरीय बृहत् प्रदर्शनी, हाजिरीजवाफ, कविता, नृत्य, वक्तृत्वकला, चित्रकला प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
विद्यालयमा विद्यार्थीहरुलाई पढाईका अतिरिक्त नृत्य, संगीत, योग, ध्यान, खेल, चित्रकला एवं हस्तकला, पब्लिक स्पिकिङ लगायतका विषयहरु सिकाउने गरिएको छ । विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप मार्फत अव्वल बनाउन विद्यालयले पूर्णकालिन विषयविज्ञ शिक्षकहरु राखेको छ । स्कुलमा विज्ञानको प्रयोगात्मक अभ्यासका लागि बायो, केमिष्ट्री र फिजिक्सको छुट्टाछुट्टै ल्याबसमेत छन् ।
एड्भर्टोरियल



उज्यालो खबर




