×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आजदेखि सुरुवात गरेको छ ।

गैँडाकोट नगरपालिका भित्र रहेका सहज, हिमचुली र विजयनगर सेवाकेन्द्रका १५० जना युवा सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको किसान बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष श्रीहरि चालिसेले जानकारी दिनुभयो ।

संस्थाको शिक्षा उपसमितिका संयोजक तिलकप्रसाद पराजुलीको अध्यक्षता एवंम् संस्थाका अध्यक्ष श्रीहरि चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुलाई पैसाको महत्व, वचत योजना र वानीको विकाश, युवाका स्वतन्त्रता पाइला हरु, पारिवारिक वजेट निर्माण र हालको सस्थाको वित्तीय अवस्था र सदस्य केन्द्रित कार्यक्रमको वारेमा जानकारी गराइएको थियो ।

सहकारी विभागको निर्देशित परिपत्र अनुसार ग्लोवल मनी सप्ताह को अवसरमा plan your money, Plant your future नारा लाई सफल पार्न वित्तीय साक्षरता अभियान सुरु गरिएको हो ।
साक्षरता अभियान अन्तर्गत चैत्र ८ गते मुकुन्दपुर, हर्कपुर र अमरापुरी तथा चैत्र १० गते कावासोती, बिष्णुनगर र पिठौली सेवाकेन्द्रका १५० जना सदस्य युवाहरुलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्ने किसान साकोसले जनाएको छ ।

तपाईको प्रतिक्रिया