×

नवलपुर । गैंडाकोट नगरपालिका वडा नम्वर १ मा विभिन्न पार्टी परित्याग गरेका १२० जनाले नेपाली कांग्रेस प्रवेश गरेको नेपाली काँग्रेसले जनाएको छ । नेपाली कांग्रेस वडा कार्यसमिती गैंडाकोट १ ले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र परित्याग गरेका १२० जनालाई नेपाली कांग्रेस क्षेत्रीय सभापती अमृत भट्टचनले कांग्रेस प्रवेश गराएका हुन् ।

सो अवसरमा बोल्दै नेपाली कांग्रेस क्षेत्रीय सभापती अमृत भट्टचनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्ने बताए ।कार्यक्रममा नेपाली कांग्रेस १ ’क’ को गण्डकी प्रदेश सभापति गोपाल सापकोटा, महासमिती सदस्य गोकुल सापकोटा, नेपाली कांग्रेसका नगर सभापति बद्री सापकोटा, नेपाली कांग्रेस वडा कार्यसमिती उपाध्यक्ष गोविन्दहरी पौडेल, गैंडाकोट नगरपालिका वडा नम्वर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस वडा कार्यसमिती उपाध्यक्ष गोविन्दहरी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगेस वडा नम्बर १ का सचिव गुरु प्रसाद सापकोटाले कार्यक्रम सञ्चालन र निवर्तमान वार्ड सभापती शिवराज काफ्लेले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया