×

गैँडाकोट – पूर्वि नवलपरासीको गैँडाकोट रहि उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरेहको कखरा मन्टेश्वरीमा एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।सचेत र सफल अभिभावक कसरी बन्ने भन्ने विषयमा स्कुलका अभिभावकहरुलाई प्रशिक्षण दिइएको कखरा मन्टेश्वरीका प्राचार्य गायत्री ढकालले जानकारी दिनुभयो ।

होमियोपेथिक फिजिसियन डाक्टर अमित सहनी र पव्लीक स्पिकर तथा हेल्थकोच नेवल किशोर चौधरीले करिव ४ घण्टा प्रशिक्षण दिनुभएको उहाँले बताउनुभयो ।कार्यक्रममा मन्टेश्वरीका प्रवन्धनिर्देशक गणेश अधिकारी र प्राचार्य ढकालले संयुक्त रुपमा प्रशिक्षकद्धयलाई मायाकाे चिनाे प्रदान गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया