×

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा नेकपा एमालेले संगठन विस्तार अभियानलाई तिव्र पारेको छ । नगरका विभिन्न वडाहरुमा आन्तरिक रुपमा संगठन विस्तार अभियानलाई बलियो बनाउदै लगेको एमालेले वडा नं. २ का १० वटा टोलहरुमध्ये सातवटा टोलमा टोल कमिटी गठन गरेको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वडाका सबै टोलमा कमिटी गठन तिव्र पारिएको नेकपा एमाले २ नं. वडाका अध्यक्ष राजु भुसालले जानकारी दिनुभयो ।१० वटा टोल मध्ये ७ वटा टोलमा टोल कमिटी गठन गरेका छौ अध्यक्ष भुसालले भन्नुभयो : केहिदिनभित्रै बाँकी टोलमा समेत कमिटी गठन गर्ने काम पुरा हुनेछ ।

छहारी टोलमा लोकनाथ भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी, शिलान्यास टोलमा शालिकराम  पौडेलको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी, धौलागिरी टोलमा दण्डपाणी सुवेदीको अध्यक्षतामा २६सदस्यीय टोल कमिटी, अमरदिप टोलमा गोपालप्रसाद खनालको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी, शान्तिनगर टोलमा सरस्वती सिग्देलको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी, श्रीनगर टोलमा मिरा श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी र नवपारिजात टोलमा नारायणप्रसाद पंगेनीको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।
युवा नेता राजु भुसालले पार्टी अध्यक्षको रुपमा वडामा नेतृत्व गरेपछि पार्टि कार्यालय स्थापना गरेरै कामहरु अगाडी बढाइएको छ भने आन्तरिक रुपमा घरदैदलो समेत सुरु भएको छ । गैँडाकोट नगरपालिकाको वडा नं. २ नेकपा एमालेको सबैभन्दा बलियो वडाको रुपमा चिनिन्छ ।

 

तपाईको प्रतिक्रिया