सुस्मा न्यौपाने
गैँडाकोट ।गण्डकी प्रदेश सरकारले पूर्वि नवलपरासीमा कोभिड परिक्षणको दायरा फराकिलो बनाउने भन्दै १० हजार थान किट पठाएको छ । प्रदेश सरकारले पठाएको सो किटको मुल्य करिव ७० लाख रुपैया बराबरको हो ।
जिल्लाका हरेक स्थानीय तहहरुलाई दिनेगरी प्रदेश सरकारले १० हजार थान सार्स कोभिड १९ एन्टीजिन किट उपलव्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
प्रदेश सरकारले उपलव्ध गराएको किट लिनका लागि स्वास्थ्य कार्यालयका प्रमुख चापागाई आफै पोखरा पुग्नुभएको थियो । प्रदेश सरकारले दिएको किट लिएर म जिल्ला फर्के चापागाईले भन्नुभयो : ” लक्षण देखिएकाहरुको लागि अव फराकिलो भएर परिक्षण गर्न सहयोग पुुग्नेछ “।
जिल्ला स्वास्थ्य कार्यालयले जनसंख्या तथा संक्रमितहरुको तथ्याकं हेरेर जिल्लाका आठवटै स्थानीय तहहरुलाई सो किट उपलव्ध गराउने बताएको छ । प्रदेश सरकारले किट पठाएको भन्दै कार्यालयले सो किट रहुन्जेल सम्मका लागि स्थानीय तहलाई किट खरिद समेत नर्गन सुझाएको छ ।