×

काठमाडौँ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतमा कोरोनाभाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।

नेपालमा समेत संक्रमण बढ्‍न सक्‍ने भएकाले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न मन्त्रालयले आग्रह गरेको छ । प्रवक्ता डा। जागेश्वर गौतमले विज्ञप्ति निकालेर सामाजिकरभौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया