नवलपुर । पहिलो र दोस्रो चरणमा छुटेकाहरुको लागि लक्षित गर्दै फागुन ८ शनिवार पूर्वि नवलपरासीमा कोभिड १९ विरुद्धको खोप लगाईने भएको छ । मध्यविन्दु जिल्ला अस्पतालमा शनिवार विहान ११ वजेदेखि दिनभर नै पहिलो र दोस्रो चरणमा छुटेकाहरुको लागि खोप लगाउने कार्यक्रम तय गरिएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै खोप लगाउन छुट भएका लक्षित समूह तथा दोस्रो चरणमा खोप लगाउने लक्षित समूहका जनप्रतिनिधिहरु, निजामति कर्मचारीहरु, सुरक्षा निकाय, न्याय सेवाका कर्मचारीहरु, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु , पत्रकार तथा खोप सेवा लिन छुटेकाहरुको लागि लक्षित गर्दै सेवा सञ्चालन गर्न लागिएको जनाएको छ ।दोस्रो चरणको खोप अभियानमा नवलपुरमा १७६० जनाले खोप लगाएका छन ।