Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

पवित्रा घिमिरे

‘स्कुलमा टिचर भनेको कडाभन्दा कडा हुनुपर्छ, पिटेर तह लगाओस् अनि पो केटाकेटीहरू डराएर पढ्छन्’ अहिलेका टिचरहरू केही गर्दैनन् अनि कहाँ पढ्छन् त नानीहरू ?

पहिले एक जना मिसले ट्वाइलेटमा लगेर थुनिदिन्छु, नेकेड बनाइदिन्छु भन्नुहुन्थ्यो रे१ अनि रातभरि नसुती नसुती पढ्थ्यो मेरो बाबु, अहिले त थोपो पढ्दैन मेरो नानीहरू’ म यी वाक्य सुनेर एकछिन छक्क परें। केहीबेरको मौनतापछि केही प्रश्न गरें,‘के तपाईंहरू आफ्नो नानीबाबुहरूलाई स्कुलमा सजाय लिन पठाउनुहुन्छरु, खुसी हुनुहुन्छ यदि तपाईंको नानीलाई कुनै शिक्षकले कडा हुने बहानामा, पढाउने निहुँमा सजाय दिएर ट्वाइलेटमा लगेर नेकेड बनायो रेरु’ स्वीकार्नुहुन्छरु’ मैले प्रश्नमाथि प्रश्न गरेपछि उनी गम्भीर भइन्। र कुनै जवाफ नै फर्काइनन्।

मैले स्पष्टसँग बुझ्नसक्थें उनी के सोचिरहेकी छन् भनेर।

यो समस्या उनको नभएर, उनको अज्ञानता र कता(कता चिन्तनको थियो।

फलाना मिस त लास्ट कडा छ पढ्नुपर्छ नत्र ब्यानबाजा बजाउँछ, ह्या त्यो सर त साह्रै सोझो छ उसको त गृहकार्य नगरेनी केही फरक पर्दैन, मलाई यो स्कुल खासै मन पर्दैन, सधैं पनिसमेन्ट दिन्छ।

यी सब वाक्यांशहरू हुन् स्कुल जाँदै गर्दा बाटोमा विद्यार्थीहरूले बोलेका, बोल्ने गरेका।

केही आफ्नो भोगाइ, अनुभव र कहीँ कतै प्रत्यक्ष देखेको दृश्यहरूले मनमा धेरै भावनाहरू र प्रश्नहरू जन्मिए।

यो पक्कै पनि ठूलो समस्याको रूपमा रहेको छ भन्ने लाग्यो र केही नलेखी बस्नै सकिनँ।

अहिले मानिसको शिक्षाप्रतिको दृष्टिकोण पूरै बदलिएको छ। तर बिडम्बना शिक्षा अझै पनि कडा शारीरिक तथा मानसिकरूपमा यातना दिएर नै दिइन्छ।

के शिक्षा पनि सजायद्वारा लिइने( दिइने चिज हो तरु, किन अझै पनि नेपाली स्कुलहरू पुरानै शैलीमा अल्झिरहेका छन् त रु कहाँनेर छ त समस्यारु

राजधानीको कुनै स्कुल।

एक जना शिक्षिका बाँसको छडी हातमा बोकेर हस्याङफस्याङ गर्दै कक्षामा प्रवेश गर्छिन्।

कक्षाकोठामा सबै चुपचाप डरले बसिरहेका हुन्छन्, केही समयपछि शिक्षिकाले आफूले पढ्न दिएको गृहकार्य सोध्न सुरू गर्छिन्। तर विद्यार्थीहरू भने अकमक्क पारिरहेका हुन्छन्।

शिक्षिकाले आफूले पढ्न दिएको कुरा विद्यार्थीले नपढेकोमा, नलेखेकोमा रिसले चुर हुँदै पारा देखाउँछिन्।

पालो(पालो सबलाई प्रश्न सोध्छिन्, सबले भन्न सक्दैनन् र पालो(पालो सबैलाई बाँसको छडीले पिट्दै बाहिर राखिदिन्छिन र चिसोमा घुँडा टेकेर बसाउँछिन्। विद्यार्थीहरू जवाफविहीन देखिन्छन्।

न त कुनै प्रतिप्रश्न नै गर्छन्, न त किन आफूले नपढेको भनेर महशुस गर्छन्, न आफ्नो हक-अधिकारको बारेमा नै जानकार देखिन्छन्।

केही विद्यार्थीहरू भने आफूले पढेको पिटाइ नखाएको भनेर खुसीले कक्षाकोठामा बसिरहेका हुन्छन्। कता-कता उनीहरूको मुहारमा भने साथीहरूले सजाय पाएकोमा खुसीको रेशा देखिन्छन्।

तर उनीहरू यो ठिक हो कि बेठिक हो भनेर छुट्याउन सकिरहेका छैनन्। कडा मिस भनेर सबैतिर चर्चा-परिचर्चा गरिन्छ मिसको बारेमा कता(कता वाह(वाही गाएको पनि देखिन्छ। तर दुर्भाग्य कोही कसैमा पनि समस्या के हो , कहाँनिर छ भनेर ध्यानाकर्षण भने अलिकति पनि देखिँदैन।

यो हेर्दा सामान्य समस्या देखिन्छ तर यो विकराल समस्या हो।

समस्या शिक्षिकाको मात्र नभएर हाम्रो सिंगो शिक्षा प्रणालीको देखिन्छ। किन आज हाम्रो शिक्षा लिने दिने प्रक्रिया सजायमुखी भइरहेको छ तर किन हाम्रा नानीबाबुहरू आफ्नो समय, हकाधिकार, कर्तव्य, जिम्मेवारी,आफ्नो लक्ष्य, अनुशासनप्रति अनविज्ञ देखिन्छन ?

किन अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई जीवनमा अतिआवश्यक कुराहरू सिकाउन चुकिरहेका छन ?

किन समस्याको जड कारण पत्ता लगाएर समाधान गरिँदैन तरु बाँसको छडी लिएर कक्षामा पस्ने मिसलाई कडा मिसको ट्याग लगाइदिएर फुरुङग बनाएर, झन झन किन सजाय दिन हौसला बढाइरहेका छौं तरु कहाँ छ त सम्बन्धित निकायरु किन मौन छ त स्कुल प्रशासनरु मेरो मनमा प्रश्नमाथि प्रश्नै उठे तर उत्तर खै ?

कुनै समयमा म कुनै त्यस्तो स्कुलमा आबद्ध थिएँ। मेरो बालमैत्री व्यवहारका कारणले विद्यार्थीले मलाई नटेरेको भनेर गाईंगुइ हल्ला गरेको सुनेको थिएँ।

कुनै शिक्षकले आएर विद्यार्थीसँग कडा हुनुपर्छ नत्र हेप्छन्, अलि-अलि नदिए त टेर्दै – टेर्दैनन्। नम्र व्यवहारले हाँसेर बोल्यो भने विद्यार्थीहरूले तपाईंबाट फाइदा लिन्छन्। त्यसैले अलि कडा रूपमा प्रस्तुत हुनुस्। उनको कुरा सुनिसकेपछि दुस्ख लाग्यो। उसको बुझाइ देखेर दया लाग्यो१ कुरामा सहमत हुन नसकेपछि प्रतिप्रश्न गरें- किन पिटेपछि मैले जे भन्यो त्यही मान्छन् हो, सुन्छन् हो विद्यार्थीहरूलेरु यदि म पिट्छु भन्ने डर देखाएर माथिबाट हाम फाल भन्छु मान्छ तरु, के शारीरिक यातना दिएर बच्चालाई डरै-डरको वातावरणमा राख्नु नै कडा हुनु हो तरु बच्चाको बालमनोविज्ञानमा चोट पुग्दैन ररु यही हो त हाम्रो शिक्षणरु” मेरा कुरा सुनेर उसको रिसको पारा नागेको अनुहारमा प्रस्टै झल्कन्थ्यो।

र केही जवाफ नै नदिई गई।

यो त एउटा उदाहरण मात्र हो राजधानीमा यस्ता अनगिन्ती स्कुलहरू छन्, भौतिकरूपमा सुविधा(सम्पन्न देखिन्छन्, फर्निचरहरू पनि राम्रै राखिएका हुन्छन्।

अभिभावकहरू पनि मख्ख हुन्छन्। आफ्ना सन्तानलाई राम्रो स्कुल पढाएको भनेर तर बिडम्बना महत्वपूर्ण कुरा भने सधैं बेवास्ता गरिएको छ। यो समस्या कुनै एक व्यक्तिको नभएर सम्पूर्ण शैक्षिक जगतको हो।

कतिपय ठाउँमा कतिपय शिक्षकहरूले प्रायस् भन्ने गरेको कुरा हो पिटाइ नपाएर केटा-केटीहरू टेर्दैनन्। यो पूर्णरूपले अज्ञानताले भरिएको विचार हो।

कुनै पनि व्यक्तिलाई यदि हामी जबर्जस्ती, शारीरिक तथा मानसिक रूपमा विचलित बनाएर ज्ञान कसरी बाँड्न सक्छौ ?

अनि हामीले त्यसरी दिएको ज्ञान कसरी ग्रहण गर्छ तरु अनि कसरी हुन्छ त सिकाइ प्रभावकारीरु कुनै पनि चिज लिँदा वा दिँदा खुसी मनले दिँदा र खुसी मनले स्वीकार गर्नुपर्छ, अनि मात्र त्यो प्रभावकारी हुन्छ।

धेरै ठाउँमा होडबाजी नै चल्ने गर्दछ कुन स्कुल वा कलेजले राम्रो अंक ल्याउने र आफूलाई नम्बर वान बनाउने। यही निउँमा स्कुल, अभिभावक र शिक्षकले विद्यार्थीलाई प्रेसर दिने गर्दछन्।

यो पनि एक किसिमको कलिला, निर्दोष विद्यार्थीमाथिको ठूलो अन्याय हो। मेरो मतलब बिद्यार्थीले पढ्दै पढ्दैनन् भनेको होइन। धेरै भन्दा धेरै पढ्नुपर्छ, खोज तथा अनुसन्धान गर्नुपर्छ, जमनाअनुसारले संसारको जनसुकै ठाउँमा गएर टिक्न सक्ने बिक्न सक्ने, भिड्न सक्ने हुनैपर्छ।

तर कुरै नबुझी र क्षमता नै नबुझी, पहिचान नै नगरी आफ्नो धारणा लाद्नु, र राम्रो अंक ल्याउने निहुँमा जबर्जस्त गरेर सजाय दिनु, मानसिकरूपमा तनाव दिनु, चोट पुर्‍याउनु भने पक्कै पनि भएन।

आजकालको पुस्तामा पढाइप्रतिको मोह हराउँदै गैरहेको देखिन्छ, उनीहरूमा अनुशासनपन, जिम्मेवारीपन, इमानदारिता कमै पाइन्छ। कतिपय अवस्थामा राम्रोसँग सम्झाउँदा नटेर्ने, नसुन्ने, बेवास्ता गर्ने प्रवृति बढ्दै गैरहेको देखिन्छ।

जब हामी विद्यार्थीहरूमा यी कुराहरूको कमी पाउँछौं, तब हाम्रो एउटै उपाय हुन्छ गालीगलौज र शारीरिक पिटाइ। घरमा पनि कतिपय बाबु आमाले आफ्ना नानीहरू जब आफूले भनेको मान्दैनन्, तब पिटेर गाली गरेर सही ट्रयाकमा ल्याउन खोज्छन्। यसले झन् सही बाटोमा हिँड्नुको साटो अराजकता, वितृष्णाजस्ता नकारात्मक विचार जन्मिनुको साथै झन् गलत बाटोमा हिँड्छन्।

यसरी माथि प्रस्तुत गरिएका केही प्रसंगहरू केही मात्रामा देखिएका समस्या हुन्।

नेपालको शिक्षा क्षेत्रमा टन्नै समस्या छन्। जसमध्येको समस्या भनेको सजायको समस्या हो। यो समस्याको मुख्य जड भनेको शिक्षाको स्पष्ट नीति नहुनु, कता(कता प्रयास भएता पनि कार्यान्वयनमा समस्या आउनु, शिक्षकले आफ्नो पेशाको बारेमा आवश्यक ज्ञान नलिनु, कुनै खोज तथा अध्ययन नगर्नु, स्कुलको स्पष्ट नीति नबन्नु, शिक्षकलाई आवश्यक तालिम तथा सेवा(सुविधा नदिनु, अभिभावकहरूले आफ्ना बाल(बच्चाहरूलाई राम्रो तवरले नबुझ्नु, शिक्षक विद्यार्थी र अभिभावकको बीचमा सुमधुर सम्बन्ध नहुनु आदि।

कुनै पनि शिक्षकले आफू त्यो क्षेत्रमा प्रवेश गरेछि त्यो क्षेत्रको बारेमा रामो खोज, अनुसन्धान, अध्ययन तथा आफूलाई चाहिने तालिम लिनुपर्छ।

विद्यार्थीहरूलाई होमवर्कको बोझ दिनुको साटो उसलाई जीवनमा उसले किन पढ्नुपर्दछ, उसको जिम्मेवारी के हो उसले कसरी पढ्नुपर्छ, कसरी सही मार्गमा अगाडि बढ्नुपर्दछ जस्ता कुराहरू बुझाउनुपर्दछ।

मैले होमवर्क नै दिनुहुँदैन भन्न खोजेको होइन, होमवर्क जरूरी छ तर कति दिने, कसरी गर्ने, किन गर्ने जस्ता कुराहरू छर्लङै बुझाएर दिनुपर्छ।

यदि कुनै विद्यार्थीले गरेन भने पर्याप्त मात्रामा छलफल गरेर नगर्नुको कारण पत्ता लगाएर फेरि गराउनु पर्छ। शिक्षक, विद्यार्थी र अभिभावकको बीचमा मिटिङ राखेर सकारात्मक ढंगले अगाडि बढ्दा पक्कै पनि नतिजा राम्रो आउँछ।

यदि पटक(पटकको सकारात्मक प्रयासबाट पनि विद्यार्थी गर्दैन भने पुनस् खोज अनुसन्धान गर्नुपर्छ। तर सबको अगाडि पिटेर तामसा देखाउनु, आफू पिटेर राम्रो शिक्षक बन्नु त्यो सब अज्ञानता र मूर्खता हो।

यदि समस्या नै पहिचान नै नगरी विद्यार्थीलाई स्पष्टसँग निर्देशन नै नदिएर, छलफल नै नगरी एकोहोरो आफूलाई मात्र सर्वेसर्वा ठानेर सजाय दिन्छ भने त्यो शिक्षक सजायको भागीदार हुनुपर्दछ।

तसर्थ, अभिभावक, शिक्षक, स्कुल प्रशासन, विद्यार्थी आदि सबै मिलेर, एक(आपसमा छलफल गरेर, बहस गरेर सकारात्मक ढंगले अगाडि बढ्ने कि१

अन्त्यमा मेरो लेखलाई कोही कसैले पनि व्यक्तिगत रूपमा नलिनुहोला। यहाँ कतिपय स्कुलहरू छन् जहाँ बालमैत्रीपूर्ण वातावरणमा प्रभावकारी ढंगले सिकाइन्छ, कति शिक्षकहरू आफ्नो पेशाप्रति स्पष्ट भएर, खोज अनुसन्धान गरेर आफूलाई पोख्त बनाएर राम्रोसँग आफ्ना विद्यार्थीहरूलाई ज्ञान बाँडेर सत्मार्गमा हिँडाइरहेका छन्।

कति अभिभावकहरू छन् जसले आफ्ना सन्तानलाई असल मान्छे बनाउँदै उनीहरूको उज्ज्वल भविष्यको निर्माण कार्यमा मरिमेटिरहेका छन्, अहोरात्र खटिरहेका छन्।

अधिकांश ठाउँमा देखेको, कहीँकतै भोगेको, पढेको र यो समस्याको अन्त्य हुनुपर्दछ भन्ने लागेर यो लेख लेखेको हुँ।

यदि कोही कसैलाई व्यक्तिगत रूपमा पर्न गएमा क्षमाप्रार्थी छु।

तपाईको प्रतिक्रिया