×

चितवन । चितवनका पाँचसहित नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ६७ हजार ९९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुङ्गामा १, झापामा ४, तेह्रथुममा २, पाँचथरमा १, मोरङमा ४, संखुवासभामा १, सुनसरीमा ४, काठमाडौँमा १५९, काभ्रेमा ११, दोलखामा २, धादिङमा २, नुवाकोटमा १०, भक्तपुरमा २७, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ३१, गोरखामा ३, नवलपरासीपूर्वमा १, पर्वतमा २, म्याग्दीमा ३, स्याङ्जामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा ९, रुपन्देहीमा ६, हुम्लामा १, कैलालीमा १, डडेलधुरामा १, डोटीमा १, दार्चुलामा १ तथा बझाङमा ३ जना संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालामा चार हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये दुई लाख ६२ हजार २५९ जना संक्रमणमुक्त भएका छन् भने १९६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर तीन हजार ८६१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८४४ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया