प्रचण्ड-माधव समुहद्वारा कांग्रेस कार्यकर्तामाथि ‘छुरा’ प्रहार
रुकुम पश्चिम । पटक पटक विवादमा आईरहने रुकुम पश्चिमको आठबिसकोट क्षेत्रमा मंगलबार नेकपा प्रचण्ड माधव समुह र नेपाली कांग्रेसका कार्यकर्ता बिचको झडपले राडिबजार तनाव ग्रस्त बनेको छ । प्रहरी कार्यालयमै हतियार सहितका नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेपछि कांग्रेस समर्थित कार्यकर्ताले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा ढुंगा प्रहार गरे र नाराबाजि गरेका छन् ।
दुबै पक्षका कार्यकर्ताहरुबिच पटक पटक भईरहने विवाद मिलाउन प्रहरी कार्यालयमा बसेका कांग्रेसबाट उम्मेद्वार...