
सल्यान । सल्यानमा एकै विद्यालयका प्राधानाध्यापक सहित ८ जना शिक्षकलाई कोरोना संक्रमण भएको छ। जिल्लाको कपुरकोट गाउँपालिका -४ किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका ८ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको हो।
निमित्त प्रधानाध्यापक डिल्लीकुमार डाँगीका अनुसार प्राधानाध्यापकससहित ८ जना शिक्षकहरुलाई कोरोना भएपछि गाउँपालिकाको समन्वयमा विद्यालयको पठनपाठन पुस १० गतेसम्म बन्द गरिएको छ।
संक्रमित ८ शिक्षकमध्ये एक जना कोरोनामुक्त भइसकेका छन् । विद्यालयका अन्य ७ जना शिक्षकको पनि परीक्षणका लागि स्वाब पठाइएको छ। उनीहरुको रिपोर्ट आएको छैन। यही मंसिर ७ गतेदेखि पठनपाठन सुरु गरेको विद्यालयले ३ सिफ्टमा कक्षा सञ्चालन गरिरहेको थियो ।