गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा अवस्थित सरस्वती निकेतन आवासीय माध्यामिक विद्यालय गैँडाकोटले जिल्लाका एकसय जना विद्यार्थीलाई व्यत्तित्व विकास सम्वन्धि अनलाईन तालिम प्रदान गरेको छ । जिल्लाका विभिन्न विद्यालयहरुबाट एसइइ दिएर बसेका १०० जना विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको विद्यालयका प्राचार्य भरतबाबु कंडेलले जानकारी दिनुभयो ।
लकडाउनका कारण लामो समयदेखि घरमै बसेका विद्यार्थीहरुलाई एस ई ई पछि उच्च शिक्षा अध्ययन गर्दा छनौट गर्नुपर्ने विषय र अध्ययन गर्ने तरिकाका बारेमा समेत प्रशिक्षण दिइएको कंडेलले बताउनु भयो । सहभागी विद्यार्थीहरुलाई ईन्स्टिच्यूट अफ क्यारियर काउन्सीलरका निर्देशक नविन शर्मा, स्टेट यूनीभरसीटी अफ न्यूयोर्कमा कार्यरत नेपाली वैज्ञानिक सुुमन वराल, त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डा. गंगाराज पाेखरेल ,प्राध्यापक सुरेश डंगोल, विद्यालयका प्रचार्य भरतवावु कंडेल, विद्यालयका अध्यक्ष गणेश सापकोटा र ग्रीन डेभलपमेन्ट बैकं गैंडाकोटका प्रमुख कमल तिवारीले तालिम प्रदान गर्नुभएको थियो ।