×

पोखरा । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसीयूमा उपचाररत एक महिलाको आज विहान मृत्यु भएको छ ।
भाद्र ७ गते कोरोना पोजेटिभ भै अस्पताल भर्ना भएकी पोखरा महानगरपालिका वडा नं.११ ब्स्ने ३२ वर्षिया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो सँगै कोभिड १९ पोजेटिभ भै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या पाँच पुुगेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर अर्जुन आचार्यले बताउनुु भयो ।

तपाईको प्रतिक्रिया