×

समाचार

लकडाउन हटेकाे एक महिना : संक्रमण र मृत्युदर अतिउच्च

लकडाउन हटेकाे एक महिना : संक्रमण र मृत्युदर अतिउच्च
काठमाडौँ, भदौ ७ विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार साउन ६ गते रातिदेखि बन्दाबन्दी हटेको घोषणा ग...

पञ्चमी नुहाउन गएकी २४ वर्षीय महिलाको खोलाले बगाएर मृत्यु

पञ्चमी नुहाउन गएकी २४ वर्षीय महिलाको खोलाले बगाएर मृत्यु
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान   २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिइ । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ । खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल  नदी किनारमा फेला पारेका थिए । घटनालगत्तै प्रहरीच...

एक सहसचिव जो पाँच पटकसम्म वरिष्ठताको वरीयताक्रममा सिफारिस भए पनि बढुवा भएनन्

एक सहसचिव जो पाँच पटकसम्म वरिष्ठताको वरीयताक्रममा सिफारिस भए पनि बढुवा भएनन्
काठमाडौं भदौ ७, २०७७ २०७७ साउन १९ गते अपराह्न बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव वीरबहादुर राईलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गर्‍यो । त्यसको केहीदिन अघि लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले तीनजना वरिष्ठ सहसचिव चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राईको नाम सचिवमा सिफारिस गरेको थियो । यिनै नाममध्ये तेस्रो सूचीका राई सचिव बन्न सफल भए । उक्त बढुवामा विभेदको यति ठूलो पर्खाल...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’ तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा...