×

समाचार

कावासोतीमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

कावासोतीमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु
नवलपुर । नवलपुर जिल्लाको कावासोती नगरपालिका–८ सगरमाथा टोलमा घरेलु विवादका क्रममा श्रीमानले प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ४२ वर्षीय सुर्यप्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया पत्नी संगिता पौडेल पाण्डेलाई धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी पौडेललाई तत्कालै ११ जनाको प्रहरी टोली खटिएर उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। तर, उपचारको क्रममा साँझ ७:१५ बजे चिकित...

सिंहदरबार जल्दा पनि महानगरपालिकाले दमकल पठाएन भन्ने गलत हो : नगर प्रहरी प्रमुख पाण्डे

सिंहदरबार जल्दा पनि महानगरपालिकाले दमकल पठाएन भन्ने गलत हो : नगर प्रहरी प्रमुख पाण्डे
काठमाडौं २ असोज, काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान पत्रकार सम्मेलन गरी सुरक्षाका कारण सबै ठाउँमा दमकल पुग्न नसकेको बताए । तर महानगरपालिकाको प्रयासमा विभिन्न ठाउँमा दमकलमा पानी भर्न सयौं ट्यांकर समेत पठाइएको उनले जिकीर गरे । ‘हामीले अनुरोध गरेर, सयौं पानी ट्यांकरहरु सहयोगको रुपमा लिएर आएर, तत् ठाउँमा दमक...

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
काठमाडौं २ असोज, भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेसँगै २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः अर्को सर्किट ब्रेक लागेको हो । योसँगै ४० मिनेटका लागि कारोबार स्थगित भएको छ । कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजारमा फेरि कुल ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।  

आज गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै
काठमाडौं २ असोज, नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र पुनर्स्थापनाका लागि नेतृत्व गरेको र जनतालाई अधिकार सम्पन्न बनाउन राजासँग सम्झौता नगरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिन्छ । १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सद...

आज देशभर साधारणतया मौसममा बदली

आज देशभर साधारणतया मौसममा बदली
काठमाडौं आश्विन ०२ देशभर साधारणतया मौसममा बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर साधारणतया बदली रहने...

वरिष्ठ गीतकार प्रेमविनोद नन्दनको निधन

वरिष्ठ गीतकार प्रेमविनोद नन्दनको निधन
काठमाडाैं भदौ २, वरिष्ठ गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको निधन भएको छ । चितवनमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति ९१ वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनका भतिजा तथा वामपन्थी नेता केशवलाल श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै नन्दनको आइतबार राति ९:३० बजे उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् । उनका श्रीमती, तीन छोरा र तीन छोरी छन् । तनहुँको बन्दीपुरमा १९९२ सालमा जन्मिएका नन्दनको वास्तविक नाम प्रेमलाल श्रेष्ठ हो । ...

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन

प्रधानमन्त्री कार्यालयसहित १८ निकायमा पुग्यो कुलिङ पिरियड छानबिन प्रतिवेदन
काठमाडौं'- प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायहरूमा पठाएका छन् । सभामुख देवराज घिमिरेले निर्देशनअनुसार प्रतिवेदन कार्यान्वयनका पठाएका हुन् । संसद् सचिवालयका अनुुसार सबै दलका संसदीय कार्यालयहरूमा पठाइएको छ । प्रतिनिधिसभामा १४ वटा राजनीतिक दलका संसदीय दलको कार्यालय रहेका छन् । कुलिङ अफ पिरियडको गडबडीसँग सम्बन्धित यो प्रधानमन्त्री...

दार्चुला–गोकुलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

दार्चुला–गोकुलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध
खलङ्गा २ भदौ पहिराेले दार्चुला–गोकुलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आजविहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ । निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ । गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन स...

पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना

पशुपति शर्मा सवार कार स्याङ्जामा दुर्घटना
काठमाडौं- गायक पशुपति शर्मा कार दुर्घटनामा परेका छन्। बुधबार दिउँसो उनी सवार कार सिद्दार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको हो।पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार कारमा पशुपति शर्मासहित चार जना सवार थिए। दुर्घटनामा कारमा सामान्य क्षति भएको छ।गायक शर्मा सांगीतिक कार्यक्रमको शिलशिलामा स्याङ्जा पुगेका हुन्। दुर्घटनामा गायक शर्माको दे...