×

खेलकुद

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दै

टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दै
काठमाडौं । ओमानमा आजदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग खेल्दैछ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।टी-२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक भेट भएका छन् । जहाँ नेपालले २ खेल जित्दा कुवेतले १ खेल जितेको छ । पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । लिग चरणमा नेपाल...

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै
काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ ।यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ । नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो । खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको ...

नेपालमाथि उत्तर कोरियाको भारी दबाव, ११ गोलले पराजयपछि एसियन कप सपना टुट्यो

नेपालमाथि उत्तर कोरियाको भारी दबाव, ११ गोलले पराजयपछि एसियन कप सपना टुट्यो
काठमाडौं । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित हुँदा नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ । भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो । समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो । पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्‍यो । खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औं मिनेटमा दोस्रो, २४औं मिनेटमा तेस्रो, ३७औं मिन...

मलेसियामाथि नौ विकेटको जित निकाल्दै नेपाल फाइनलमा

मलेसियामाथि नौ विकेटको जित निकाल्दै नेपाल फाइनलमा
काठमाडौं । घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली युवा टिम एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११।४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए । यस्तै, शिवान्स बजगाईंले २३ रन थपे ।मलेसियाका नागिनेस्वरण साथनाकुमारनले एक विकेट लिए ।त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३।१ ओभरमा सबै विकेट ...

नेपाल आज नेदरल्यान्ड्ससँग दोस्रो भिडन्तमा, पहिलो खेलको ‘बदला’ लिने तयारी

नेपाल आज नेदरल्यान्ड्ससँग दोस्रो भिडन्तमा, पहिलो खेलको ‘बदला’ लिने तयारी
गैँडाकोट - नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको नेपालको दोस्रो भिडन्तको प्रतिक्षा धेरैले गरेका छन्। पहिलो खेलमा तेस्रो सुपर ओभर पुग्दासमेत पराजित भएको नेपाल दोस्रो भेटमा नेदरल्यान्ड्ससँग बदला लिने दाउमा छ। तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ। दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ। ...

विश्वकप क्रिकेट लिग-२ : नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

विश्वकप क्रिकेट लिग-२ : नेपालले नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय एक दिवसीय श्रृङखलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ । खेल स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ । चौथो चरणको शृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ। सिरिजमा खेलेको दुई खेलम...

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल

विश्वकप लिग-२ मा आज स्कटल्याण्डसँग खेल्दै नेपाल
काठमाडौं-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज पुनः स्कटल्याण्डसँग खेल्दैछ।स्कटल्याण्डमा जारी नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेल खेल्न लागेको हो।फोर्टहिल डुन्डीमा नेपाली समयअनुसार खेल दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ। नेपालले स्कटल्याण्डविरूद्ध पहिलो खेलमा १ विकेटको रोमाञ्जक जित हासिल गरेको थियो।सिरिजमा नेपाल अपराजित छ। स्कटल्याण्डलाई पराजित गरेपछि नेदरल्याण्डविरूद्धको खेलमा पनि नेपाल ५ विकेटले विजयी भएको थियो।नेपालले सिरि...

युएईलाई हराउँदै नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा प्रवेश

युएईलाई हराउँदै नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा प्रवेश
काठमाडौं । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो । युएईले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान इन्दु बर्माले कप्तानी इनिन्स खेलिन् ।उनले २८ बलमा अविजित ३० रन बनाइन् । रुविना क्षेत्रीले २३ र सम्झना खड्काले २१ रनको योगदान...

वुमन्स डे कप : समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्दै

वुमन्स डे कप : समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग खेल्दै
काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् ।एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने निश्चित भइसकेको छ । नेपालको ५ खेलमा २ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको खेलपछि फाइनल खेल्ने २ टिमक...