बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद
बारामा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले रकम बरामद गरेको हो ।
शनिबार बिहान ८ बजे बेनौलीस्थित सडकमा प्रहरी चौकी तेलकुवाबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको थियो । सोही क्रममा पश्चिम बेनौली चोक तर्फबाट आएको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा चालकले बोकेको रातो पहेलो रंगको झोला फाली फरार भएका थिए ।
झोला नियन्त्रणमा लिएर हेर्दा नेपाली १ हजार दरका ७ सय ६२ थान र ५ सय दरका १ हजा...





















