भरतपुरमा इण्डो नेपाल टी–२० च्याम्पियनसीप सुरु, उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी
चितवन–चितवनको भरतपुरमा बिहीबार देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैद्यानमा सुरु भएको प्रतियोगिताको समुद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गरिन् ।सो क्रममा बोल्दै प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरा काम द्रुत गतिमा निर्माण हुने बताइन् ।
उनले आगामि सन् २०२७ मा हुन लागेको यू–१९ महिला विश्वकपको खेल यही रंगशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्...

























