सौराहामा आजदेखि फूड फेस्टिभल सुरु
चितवन–चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव (फूड फेस्टिभल) सुरु भएको छ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल(रेवान) सौराहा चितवनको आयोजनामा आजदेखि १९ औँ संस्करणको महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले गरे ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री ठकुरीले सौराहाको पर्यटनको विकासका लागि प्रदेश सरकारले प्राथमिकता राखेको बताएका छन् । छाटो भाषण गरेका मन्त्री ठकु...


