चितवन – फेन्सी व्यवसायी संघ चितवनको ३८औँ स्थापना दिवस आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रम चितवन उद्योग वाणिज्य संघ को सभा हलमा संघका अध्यक्ष राम प्रसाद पौडेल को अध्यक्षतामा आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा चितवन उद्योग वाणिज्य संघ का अध्यक्ष चिरञ्जीवी सुवेदी ले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताहरूका विजेतालाई पुरस्कार वितरण समेत गरिएको थियो। फुट्सल प्रतियोगितामा गंगोत्री बजार व्यवस्थापन समिति प्रथम र हङकङ बजार व्यवस्थापन समिति द्वितीय भएका थिए। त्यसैगरी क्रिसल प्रतियोगितामा गंगोत्री बजार व्यवस्थापन समिति प्रथम तथा श्री गणेश बजार व्यवस्थापन समिति, कमलनगर द्वितीय भएका थिए।
कार्यक्रममा सहभागी सबै टिमहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। साथै म्याराथन प्रतियोगितामा प्रथम भएका देवीराम भट्टराई सहित सान्त्वना स्थानसम्मका खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रम संघका सचिवले सञ्चालन गर्नुभएको थियो भने समापन संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक टंक प्रसाद सापकोटा ले गर्नुभएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो। संस्थापक अध्यक्षले संघ सही दिशामा अघि बढिरहेकोमा खुशी व्यक्त गर्नुभएको थियो।




















उज्यालो खबर











