गैँडाकोट- जनक नमूना माध्यमिक विद्यालयका विज्ञान र अर्थशास्त्र विषयका शिक्षक दिपक ढुंगानाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूका लागि ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।
ढुंगानाले सो अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्य आर्थिक रूपमा असहाय तर अध्ययनमा मेहेनती विद्यार्थीहरूलाई सहयोग पुर्याउने रहेको बताए। उनका अनुसार यो पहलले विद्यार्थीहरूको शैक्षिक प्रगति र आत्मविश्वासमा महत्वपूर्ण योगदान पुर्याउने छ।
विगत १३ वर्षदेखि विद्यालयमा अध्यापन गर्दै आएका ढुंगाना आफ्नो विद्यार्थीप्रति प्रतिबद्धता र लगावका लागि विद्यालय समुदायमा परिचित छन्। उनले यो अक्षयकोषलाई दीर्घकालीन र नियमित रूपमा सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेका छन्।
विद्यालयका शिक्षक र अभिभावकहरूले ढुंगानाको यो कदमलाई प्रशंसनीय र प्रेरणादायी पहलको रूपमा लिएका छन्।




















उज्यालो खबर










