×

गैडाकोट-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैडाकोट नगर कमिटीको आयोजनामा गैडाकोट वडा नं. १८ स्थित देउराली सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।नगर सभापति विमल घिमिरेको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा नगर कमिटीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा प्रेरित गर्न तथा सिकाइमा थप सहजता ल्याउने उद्देश्यले वितरण गरिएको सामग्रीमा कापी, कलम, पेन्सिल, रबर, स्केल, लगायतका सामग्रीहरू समावेश गरिएको थियो।यस अवसरमा रास्वपाले वडा नं.१८ मा घरदैलो अभियान समेत सञ्चालन गरेको थियो। अभियानको क्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रह्यो र सोही क्रममा ५० जनाले रास्वपाको नया सदस्यता लिएको पार्टीले जनाएको छ ।

सभापति घिमिरेले सामुदायिक विद्यालयहरूमा पढ्ने बालबालिकाको हकमा यस्ता सहयोग कार्यक्रमले उत्साह थप्ने विश्वास व्यक्त गरे। साथै, पार्टीले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरे।विद्यालयका शिक्षक र अभिभावकहरूले समेत कार्यक्रममा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

तपाईको प्रतिक्रिया