
पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी निरीक्षक सुदीप भण्डारीले जानकारी दिए । पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
अहिले दुवैतर्फका सवारी साधन रोकिएका छन् । एउटा ट्रकले पुल पार गर्ने क्रममा भासिएको थियो ।‘पुल थोरै लच्किएको छ । सडक डिभिजनलाई पनि खबर गरिएको छ,’ उनले भने, ‘अहिले स्थलगत अनुगमन भइरहेको छ । तत्काल दुईतर्फ नै रोकिएको छ ।’
१८ चक्के ट्रकले गाडी पार गर्न खोज्दा पुल भासिएको उनले बताए ।यसअघि २०८१ सालको पुस महिनामा पूर्वीनवलपरासीकै विनयी खोला पुल भाँचिएको थियो ।त्यतिबेला पुल भाँचिनुमा ओभरलोड ट्रक जिम्मेवार भएको भन्दै स्थानीय व्यवसायीले त्यस्ता गाडीको नियमन र नियन्त्रणको माग राखेका थिए । तर सो माग सुनुवाइ हुन सकेको छैन ।