×

चितवन – चितवनमा ८२ जना महिलाहरुको पाठेघरको स्वास्थ्य परिक्षण गरिएको छ । आमाबच्चा स्वास्थ्य नेपालको आयोजना तथा मनकामना अस्पताल भरतपुरको सहयोगमा ८२ जना महिलाहरुको पाठेघरको जाँच गरिएको हो ।
मनकामना अस्पताल भरतपुरका वरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ शिल्वा पन्थ सहितको चिकित्सकको टोलीले महिलाहरुको पाठेघरको जाँच गरेको अस्पतालले जनाएको छ ।
मनकामना अस्पतालका अध्यक्ष ध्रुवप्रसाद काफ्लेको अध्यक्षतामा भएको स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटनशत्रमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक दिलिप घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण र सञ्चालन आमा बच्चा स्वास्थ्य नेपालका अध्यक्ष कविता खतिवडा (घिमिरे)ले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया