×

सुस्त मनस्थितिकी एक १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माडी प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ ।
बालिका बलात्कारको अभियोगमा माडी-८, कृष्णनगर चितवन निवासी अन्दाजी बर्ष ४२ का हरि हरिजनलाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरी भरतपुर पठाएको हो ।
पक्राउ परेका अभियुक्त हरिजन माडी-९, हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवं हालका शिक्षक रहेको खुलेको छ । घटनाको अनुसन्धान चलिरहेको जिल्ला प्रहरी श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया