
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले चाडपर्व लक्षित गरि सुरक्षा चेकजाँचलाई कडा पार्ने भएको छ । चाडपर्वको मौका छोपी हुने घटनाहरुको नियन्त्रणलागि चेकजाँचलाई कडा पारिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनु भयो । मंगलबार प्रहरी कार्यालयमा आयोजित आउदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना अनुरुप अन्तरक्रिया कार्यक्रम सो कुरा बताउनु भएको हो । ट्राफिक नियमका पालना देखी लिएर अन्य चेकजाँच समेत बढाइने उहाँको भनाइ छ ।
प्रहरीले नियमित रुपमा जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन काम गरिरहेको र यसलाई निरन्तरता दिदैँ चेकजाँचको कार्यलाई अलि कडा पार्ने प्रहरीको गस्तिलाई समेत थप बढाउने भएको छ ।चेकजाँच सहित सिभिलमा प्रहरी खटाएर सूचनाहरु संकलन गर्ने , बिगतका घटनालाई हेरी त्यस्ता क्षेत्रमा निगरानी बढाउने काम गरिने प्रहरीले जनाएको छ । प्रहरीको पहूँच कम भएका क्षेत्रहरुमा निगरानीकालागि प्रहरी परिचालन समेत गरिने छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था चुस्त राख्न , जुवातास रोक्न, नदिजन्य पदार्थको चोरी निकासी नियन्त्रण जस्ता काममा प्रहरी निरन्तर लागि रहेको प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभयो ।
चाडपर्वका समयमा कतिपय मानिस घर खाली गरेर बाहिर जाने जस्ता कारणले चोरीका घटना हुने गरेका छन् । सामाजिक सञ्जालमा आफु घर बाहिर भएको लगाएतका गतिविधिको जानकारी दिँदा समेत कतिपय घटना घट्ने गरेका छन् । चाडपर्वका समयमा मादक पदार्थ सेवन गरि हो हल्ला गर्ने , अपराध जन्य कार्य गर्ने हुन सक्दछ ।कुनै स्थानमा शान्ति सुरक्षामा खलल पुग्ने गरि घटना हुन लागेको जानकारी पाए आफ्नो नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरि सूचना दिन समेत प्रहरीले आग्रह गरेको छ ।
यामु कुमालबाट