×

नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटबाट जुुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन् । जुवा खेल्दै गरेका ८ जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटको टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट १ लाख ८९ हजार ३ सय ८० रुपैँया नगद सहित तीनबुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । जुवा खेलेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीको टोलिले छापा हानेको हो ।पक्राउ परेकाहरुमाथी जुवा मुद्धामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया